खुला विश्वविद्यालय नेपाल बारेमा प्रत्यक्ष प्रसारण मार्फत छलफल – December 18, 2010

ओपन यूनिवर्सिटी़को बारेमा प्रत्यक्ष प्रसारण मार्फत छलफल
Courtesy: TorontoNepal.com

(माथी:डा.तुलसी धरेल डा.अम्बिका अधिकारी,डा.ड्रोण रसाली र डा.प्रमोद ढकाल ईन्टनेटको माध्यम बाट प्रत्यक्ष भिडियो कन्फ्रेन्समा)
१८ डिसेम्बर २०१० शनिवारका दिन टोरोन्टोनेपाल डट कम को प्रस्तुति प्राध्यापक डा.तुलसी धरेल को सक्रियता र सन्चालनमा एन आर एन क्यानाडाको ओपन यूनिवर्सिटी़को बारेमा छलफल कार्यक्रमको छायाङ्कन भयो जसमा अमेरिकाको एरिजोना मा रहनुभएका डा.अम्बिका अधिकारी,क्यानाडाको सास्केचवानमा रहनु भएका डा.ड्रोण रसाइली र क्यानाडाको राजधानी ओटावामा रहनु भएका डा.प्रमोद ढकाल ईन्टनेटको माध्यम बाट प्रत्यक्ष भिडियो कन्फ्रेन्समा आउनु भएको थियो|
माथी:टोरोन्टो नेपाल डट कम का तथा भिडियो एडिटर इश्वर थापा
सो कार्यक्रमको लागी सम्पुर्ण व्यबस्था रिमाक्स का रियल स्टेट एजेन्ट पुर्ण श्रिष्टी घिमिरे र एभरेष्ट फाइनन्सियल सर्भिसेजका जिमी घिमिरेले व्यब्स्था गर्नु भएको थियो भने एउटा क्यामेरा अनिल थापा ले र अर्को क्यामेरा टोरोन्टो नेपाल डट कम का सम्पादक तथा भिडियो एडिटर इश्वर थापाले अपरेट गरेका थिए,सो भिडियो टोरोन्टो नेपाल डट कमको २२ औ एपिसोड मा हेर्न सकिने छ|
माथी:प्रायोजक रिम्याक्सका पूर्ण श्रिष्टी घिमिरे शूटिङ्ग हेर्दै

Leave a Reply