Report on OUN Workshop – Seoul, Korea 2010 November 02

Nov 4, 2010, A Report from SONSIK Website

खुल्ला विश्वविधालय स्थापना सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न

द.कोरिया नोभेम्बर २, २०१०- नेपाली विधार्थी समाज कोरिया (सोन्सिक) र गैर आवासिय नेपाली संघ कोरियाको संयुक्त आयोजनामा नेपालमा खुल्ला विश्वविधालय स्थापनाको अवधारणा सम्बन्धि एक अन्तरकृया कार्यक्रम राजधानी सिउल स्थित नेपाली दुतावासको भवनमा सम्पन्न भयो।

द.कोरिया नोभेम्बर २, २०१०- नेपाली विधार्थी समाज कोरिया (सोन्सिक) र गैर आवासिय नेपाली संघ कोरियाको संयुक्त आयोजनामा नेपालमा खुल्ला विश्वविधालय स्थापनाको अवधारणा सम्बन्धि एक अन्तरकृया कार्यक्रम राजधानी सिउल स्थित नेपाली दुतावासको भवनमा सम्पन्न भयो।

कोरियाका लागि नेपाली महामहिम राजदुत कमल प्रसाद कोईरालाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रमको संचालन NRN कोरियाका ICC प्रतिनिधि तथा कार्यक्रम संयोजक डा. देवी बस्नेतले गर्नुभएको थियो। कार्यक्रमको शुरुवातमा संयोजक डा.बस्नेतले कार्यक्रमको औचित्यको बारेमा प्रकास पार्नुहुदै कार्यक्रमले खुल्ला विश्वविधालयको स्थापनाको लागि प्रवासी नेपाली तथा अन्तरराष्ट्रिय निकायहरुसंग के-कसरी सहकार्य गर्न सकिन्छ भन्ने कुराको जानकारी दिने कुरा बताउनुभयो। उद्घाटन मन्तव्यको रुपमा प्रमुख अतिथि महामहिम कोईरालाले कार्यक्रमको महत्वको बारेमा प्रकास पार्नुहुंदै NRNको पहलमा नेपालमा खुल्ला विश्वविधालय स्थापनाको सफलताको कामना गर्नुभयो।

Open University of Nepal Program Seoul Korea 2010

नेपाली विधार्थी समाज कोरियाका अध्यक्ष प्रकाश धमलाले कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई स्वागत गर्नुहुदैं NRNको खुल्ला विश्वविधालयको अवधारणाले नेपालको वर्तमान शैक्षिक निकायहरुले पूरा गर्न नसकेको उच्च शिक्षाको मागको दुरीलाई सांघुरो पार्ने कुरा प्रस्ट्याउंनुहुदै, यस कार्यमा कोरियामा प्राज्ञिक क्षेत्रमा रहेका नेपालीहरुले महत्वपूर्ण योगदान दिनसक्ने कुरा बताउनुभयो। यसैगरि नेपाली दुतावासका उपनियोग प्रमुख यादव खनालले खुल्ला विश्वविधालयको अवधारणा नेपालको लागि अति स्वागतयोग्य हुने कुरा बताउंनुहुदै यसका चुनौतिहरुका बारेमा पनि गहन रुपमा अध्ययन हुनुपर्ने कुरामा जोड दिनुभयो।

कार्यक्रममा आफ्नो प्रस्तुति दिने क्रममा कोरिया नेशनल ओपन यूनिभर्सिटीकी प्राध्यापिका Lee, Tae-Rimले कोरियाको खुल्ला विश्वविधालयको वर्तमान अवस्था तथा स्थापनाकालदेखिका विकासका खुड्किलाहरोको बारेमा चर्चा गर्नुभयो। उनले कोरियाको खुल्ला विश्वविधालयले प्रदान गरिरहेको मोबाईल लर्निङ्को बारेमा आफ्नो केश अध्ययन प्रस्तुत गर्नुभएको थियो। प्रविधिको विकाससंगै कोरियाको खुल्ला विश्वविधालयले प्राप्त गर्न सकेको सफलताका उदाहरणहरु प्रस्तुत गर्नुहुदै नेपालमा खुल्ला विश्वविधालय स्थापनामा आफू सकारात्मक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका अर्का प्रस्तुतिकर्ताका रुपमा क्यानडा नेपाल फाउन्डेशनका कार्यकारी निर्देशक तथा NRNक्यानडाका ICC प्रतिनिधि डा. प्रमोद ढकालले NRNले अघि सारेको खुल्ला विश्वविधालयको अवधारणा तथा नेपालमा यसको सम्भाव्यता र अहिलेसम्म भएका प्रगतिहरुको बारेमा प्रकास पार्नुभयो। उहांले खुल्ला विश्वविधालय स्थापनाको लागि विस्तृत कार्य योजना (Comprehensive Business Plan) को तयारी हुनुपर्ने र त्यसको लागि सम्बन्धित बिज्ञहरुबाट अध्ययन तथा छलफल भईरहेको कुरा बताउनुभयो। साथै नेपाल सरकारसंग केहि समय अघि मत्रै खुल्ला विश्वविधालय स्थापनाको सन्धी पत्रमा हस्ताक्षर हुनुलाई छोटो समयमा भएको ठुलो उपलब्धिको रुपमा लिन सकिने कुरा बताउनुभयो। उहांले विश्वका सफल खुल्ला विश्वविधालयहरुका नमुनाहरुको विस्तृत अध्ययन गरि नेपालको सन्दर्भमा आवश्यक पर्ने वैधानिक पक्ष, पूर्वाधार निर्माणका चुनौति तथा प्राविधिक पक्षलाई मध्यनजर राख्दै आगामि २ बर्षभित्र परिक्षणकालिन रुपमा खुल्ला विश्वविधालयको परियोजना संचालन गरिने र सन् २०१५ सम्ममा खुल्ला विश्वविधालय स्थापनालाई पूर्णता दिने योजना रहेको बताउनुभयो।

आफ्नो प्रस्तुतिपछि उहांले खुल्ला विश्वविधालय स्थापनाका चुनौति तथा अवधारणाहरुको बारेमा सहभागिहरुको जिज्ञासाको उत्तर दिनुभएको थियो। केहि सहभागिहरुले खुल्ला विश्वविधालय स्थापनाको उद्देश्य, यसले लक्ष्य गरेको समुदाय, र संभावित चुनौतिहरुलाई जित्ने आधारहरुको बारेमा प्रष्ट नभएमा सर्वसाधरण नेपालीहरुले यस्ता योजनालाई व्यापारमुखी योजनाको रुपमा लिनसक्ने सुझाव पनि दिएका थिए। प्रश्नोत्तरको समयपछि NRNकोरियाका उपाध्यक्ष ध्यान राईले कार्यक्रमा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई धन्यवाद दिनुहुदै, जुनसुकै कार्यमा पनि चुनौतिहरु हुन्छन् तर सकारात्मक सोच लिएर काम गर्न सकेको खण्डमा अवश्यपनि त्यस कार्यले सफलता हासिल गर्नसक्ने कुरा बताउनुभयो।

अन्त्यमा कार्यक्रम संयोजक डा. देवी बस्नेतले अन्तरकृया कार्यक्रमको सार संक्षिप्त उल्लेख गर्नुहुदै कार्यक्रमको समापन गर्नुभएको थियो। अन्तरकृया कार्यक्रममा कोरियामा अध्यनरत नेपाली विधार्थी, अनुसन्धानकर्ता, व्यापारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Leave a Reply